बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने

डिसी नेपाल
८ फागुन २०७९ १९:२६

काठमाडौं । बागमती प्रदेशसभाको बैठक यही फागुन १० गते बुधबार अपराह्न २ बजे बस्न आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाको बैठक गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गरेपछि उनलाई धन्यवादको प्रस्ताव पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

बागमती प्रदेशसभा सचिवालयमा दुई विधेयक आज दर्ता गरिएको सचिवालयले जनाएको छ । उक्त सचिवालयमा दर्ता गरिएको विधेयकमध्ये प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन, सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ रहेको सो सचिवालयका प्रवक्ता मनोजकुमार गप्ताले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *