अमेरिकी डलर देखाई लुटपाट तथा ठगी गर्ने व्यक्ति पक्राउ

डिसी नेपाल
१० फागुन २०७९ १८:१७
136
Shares

काठमाडौं। अमेरिकी डलर देखाई लुटपाट र ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक गाती घर भई भक्तपुर पुरानो ठिमी बस्ने ३२ वर्षीय दावा डुण्डुप तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैँया साटिदिने प्रलोभनमा पारी ठगि गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णबाट पक्राउ गरेको हो।

साथै तामाङले २०७९ माघ २६ गते काठमाडौं साँखुमा अमेरिकी डलर देखाई ४ लाख रुपैयाँ लुटपाट गरी फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ।

उनलाई ठगी मुद्दामा आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि प्रहरी बृत बौद्व, काठमाडौं पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *