डि मारियाको ह्याट्रिकमा युभेन्ट्सकाे सहज जित
काठमाडौँ। अर्जेन्टिनी स्टार एन्जल डि मारियाको ह्याट्रिकमा सानदार जित निकाल्दै युभेन्ट्स युरोपा लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ।
घरेलु टोली नान्टेसलाई नकआउट प्ले अफ राउन्डको दोस्रो लेगमा ३–० ले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुग्न सफल भएको हो।
नान्टेसमा बिहीबार राति भएको खेलको पाँचौं मिनेटमा डि मारियाले निकोलो फाजिओलीले पासमा गरेको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता दिलाएका थिए।
पेनाल्टी बक्समा मारियाले गरेको प्रहारलाई हातले रोके रेफ्रीले निकोलस पालोइसलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए। त्यसपछि १० खेलाडीमा सिमित भएको नान्टेस बिरुद्ध उनले पेनाल्टी सुटआउटमार्फत २–० को अग्रता दिलाए।
डुसान भ्लाहोभिचको पासमा ७८औं मिनेटमा डि मारियाले ह्याट्रिक पूरा गर्दै युभेन्ट्सलाई सहज जित दिलाए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment