बार्सिलोना युरोपा लिगबाट बाहिरियो
काठमाडौँ। क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट राउन्ड चरणबाटै बाहिरिएको छ। बिहीबार राति शुरुवाती भएको खेलमा घरेलु टोली युनाइटेडसँग २–१ ले पराजित हुदाँ युरोपाबाट बाहिरिन पुगेको हो।
खेलको १७ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। ४७औं मिनेटमा फ्रेडले ब्रुनोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
त्यसपछि ७३औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाउँदै युरोपाको अन्तिम १६ मा स्थान पक्का गराए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment