आर्सनल ६५ हजार र म्यानचेस्टर ७५ हजार पाउण्ड जरिवाना

डिसी नेपाल
१३ फागुन २०७९ ९:३९
656
Shares

काठमाडाैं। फुटबल संघ (एफए) ले इंग्लिस क्लब आर्सनल र म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ। गत महिना इमिरेट्स स्टेडियममा प्रिमियर लिग अन्तरगतको खेलमा आफ्ना खेलाडीहरूलाई नियन्त्रण गर्न असफल भएको भन्दै एफएले दुवै क्लबलाई जरिवाना गरेको हो।

आर्सनललाई ६५ हजार पाउन्ड र सिटीलाई ७५ हजार पाउण्ड जरिवाना गरिएको एफएले जनाएको छ। आर्सनलले एफए कपमा अक्सफोर्ड युनाइटेडविरुद्ध खेलमा पनि अनुशासन कायम नगरेको भन्दै थप २० हजार पाउन्ड जरिवाना तोकिएको छ।

आर्सनल र सिटीले खेलको दौरान विभिन्न समयमा रेफ्री एन्थोनी टेलरलाई घेरेको अभियोगनमा उक्त जरिवाना तोकिएको हो। सिटीले खेल ३–१ ले आफ्नो पक्षमा पारेको थियो तर सिटीका एर्लिङ ब्राउट हालान्डले पेनाल्टी पाएपछि आर्सनलले विरोध गरेको थियो, यो निर्णय भिएआरले उल्ट्याएको थियो।

एडरसनको चुनौती र पछि एडी एकेटियाहलाई फाउल गरेपछि आर्सनललाई पहिलो हाफमा पेनाल्टी दिने निर्णयमा पनि सिटी असन्तुष्ट बन्दै रेफ्रीको आलोचना गरेको थियो। सो आलोचना पछि टोली माथि छानबिन भएको थियो।

आर्सनल २३ खेलबाट ५४ अंक जोडेर शीर्षस्थानमा रहँदा म्यानचेस्टर सिटी २४ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *