पहिलो पटक क्यानको साधारण सभा कर्णाली प्रदेशमा

डिसी नेपाल
१४ फागुन २०७९ ६:५३
32
Shares

सुर्खेत। नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आजबाट कर्णाली प्रदेश, सुर्खेतमा सुरु हुने भएको छ। क्यानको वार्षिक साधारणसभा आइतबारदेखि पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु हुन लागेको हो।

दुई दिनसम्म सञ्चालन हुने क्यानको साधारण सभामा ४५ जिल्लाका प्रतिनिधि, प्रदेश प्रतिनिधि २१ जना, १७ जना केन्द्रीय सदस्य, तीन जना पर्यवेक्षक, एम्पायर र कोच एक–एकजना गरी करिब ८७ जना सहभागी हुने छन्। साधारणसभामा चालु वर्षको प्रस्तावित बजेट, कार्ययोजना र वर्षभरी भएका उपलब्धी बारे छलफल हुनेछ।

हिजो गरिएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मुलुकका विकट क्षेत्रमा पनि क्रिकेट खेलाडी उत्पादनमा क्यान लागिरहेको र त्यसका लागि पहिलो पटक कर्णाली प्रदेशमा साधारणसभा आयोजना गरिएको जनाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *