मेरी बास्सैमा फर्किए माग्ने बुढा

डिसी नेपाल
१५ फागुन २०७९ २२:२०
1.3k
Shares

काठमाडौं। नेपालको सबैभन्दा लामो समय प्रशारण भएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे देखिने भएका छन्। भोलि मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भुमिकामा घिमिरे प्रस्तुत हुनेछन्।

मिडिया हवको अफिसियल सामाजिक सञ्जालहरुमा केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरिएको छ। छक्का पञ्जाको प्रदर्शनको छेको पारेर यो टिमका दुई कलाकार प्रचारका लागि मेरी बास्सै पुगेका हुन्।

मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरे सँगै बेनिशा हमाल पनि देखिनेछिन् भने अरु कलाकारहरु छन् वा छ्रैनन् त्यो स्पष्ट छैन्।

मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो। उनलाई यसै टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो। उही पुरानो आफूलाई परिचय दिएको टेलिफिल्ममा फेरि देखिन पाउँदा माग्ने बुढा हर्षित देखिएका छन्। मेरी बास्सै हरेक मंगलबार राती ९ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आईरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *