साबित्री अधिकारीको स्वरमा ‘फोटो फिरिमम-३’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
१६ फागुन २०७९ ०:११
284
Shares

काठमाडौं। शिशिर भण्डारीको नयाँ गीत फोटो फिरिममा ३ को अफिसियल भिडियो युटुब मार्फत दर्शक माँझ आएको छ। चर्चित गीत फोटो फिरिममाको तेस्रो सिक्वेलले पनि दर्शक श्रोताहरुको मन जितिरहेको छ।

गीतको शब्द, संगीत र नयाँ गायिका साबित्री अधिकारीको स्वरलाई धेरैले रुचाएका छन्। यस्तै गीतको मर्मस्पर्शी भिडियोले धेरैलाई रुवाएको छ। सन्तोष राजवहाकको निर्देशनमा बनेको भिडियोको कथा, पटकथा तथा संवाद शिशिर भण्डारीकै हो।

शिशिरकै शब्द तथा संगीतमा यसअघि रचना रिमालले फोटो फिरिममाको पहिलो सँस्करणमा आफ्नो आवाज भरेकी थिईन्। रचनाको सांगीतक करिअरमा उक्त गीतको सफलताले ठुलो भुमिका खेलेको थियो।

फोटो फिरिममा २ लाई भने प्रताप दास र कुमार अभिले गाएका थिए। शिशिरले फोटो फिरिममा ३ मा नयाँ कथा उठान गरेका छन्। शिशिरसँगै श्रद्धा गौतम, लालना चिमरिया र बालकलाकार असिम भण्डारीको गीतमा अिभनय रहेको छ।

प्रेम र बियोगको कथा बोकेको भिडियोमा सस्पेन्स र थ्रिल लाई पनि प्राथमिकता दिईएको छ।

हेर्नुहोस भिडियो:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *