साहित्य सभ्यताको मार्गदर्शन हो : आकाश अधिकारी ‘बालहरि’

सर्वज्ञ वाग्ले
१६ फागुन २०७९ १०:४३

आकाश अधिकारी ‘बालहरि’ नेपाली साहित्यमा परिचित नाम हो। माग्दे गाउँपालिका तनहुँमा जन्मिएका अधिकारी गीतल प्रतिस्ठान नेपाल तथा नाट्यमञ्चका संस्थापन अध्यक्ष हुन् भने विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका महासचिवका रुपमा आवद्ध छन्।

अधिकारीका गीतल संग्रह, आकाश खुल्दैछ कविता संग्रह, बिस्कुन बालुवाको नाटक संग्रहलगायतका कृति प्रकाशित छन्। उनै अधिकारीसँग डिसी नेपालका लागि सर्वज्ञ वाग्लेले गरेको कुरकानीको संपादित अंश :

आजकल  अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ?

समय मिलेको बेला बजारमा उपलब्ध पुस्तकहरु अध्यन गर्ने गर्छु तर बिगतमा भन्दा अध्यन गर्ने अवसर भने मिलेको छैन। तर लेखन कार्य भने निरन्तर चलिरहेको छ र चलिरहन्छन्।

तपाईंले साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ?

साहित्य सभ्यताको मार्गदर्शन हो। साहित्य र साधना समय रुपान्तरणको अस्त्र पनि हो। तसर्थ चेतना रहेसम्म साहित्य गतिशील रहन्छ भन्ने मेरो दृस्ठिकोण रहेको छ।

तपाईंले अहिले निकाल्न लाग्नु भएको पुस्तकको नाम के के हो? ती पुस्तकका बारेमा संक्षेपमा जानकारी दिनु हुन्छ कि!

पाण्डुलिपीको रुपमा केही पुस्तक रहेता पनि प्रकाशोउन्मुख ग्रन्थ अलि पृथक बिषयमा रहेको छ।

“नेपालमा बसोबास गर्ने पहाडी मुस्लिमको इतिहास” भन्ने शिर्षकको तयारीमा जुटेको छु। सम्भवत आगामी बर्ष यो बजारमा आउने छ। यसका अलवा आख्यान साहित्यमा “शून्य” शीर्षकमा उपन्यास पनि तयारी अवस्थामा रहेको जानकारी गराउन चाहन्छु।

तपाईंले साहित्य लेखन अध्यायन र काममा उत्तिकै व्यस्त हुनु हुन्छ। कसरी समय मिलाउनु हुन्छ?

साहित्य सृजना गर्न साधनको पनि जरुरत पर्दछ तसर्थ अध्यन, साधन र सृजनालाई समय अनकुल हुन साथ जुट्ने गर्दछु। अन्य आफ्ना निजि तथा पारिवारिक सामाजिक कार्य त निरन्तर प्रक्रिया नै भैहाल्यो। समग्रमा जसोतसो चलेकै छ।

तपाईंले रूचाउनु भएका कुन कुन साहित्यिक पुस्तक हुन् र साहित्यकार हुनु हुन्छ?

यो जटिल प्रश्न भयो मेरा लागि। तर पनि भन्नैपर्दा पारिजात को “शिरीषको फूल” आयोदधौंम्य निर्मल को “आस्थाको शान्ति युद्ध”
भिमनिधि तिवारीको “माटोको माया” उल्लेखित पुस्तक तथा लेखक साथै अन्य लेखक हरुमा सरुभक्त, बाबा बस्नेत, मोहन दुवाल लगायतका कृति साथै लेखक मन पर्छ।

तपाईंलाई कुन ठाउँ मन पर्छ? किन?

संस्कृतिक हिसाबले काठमाडौ् र भक्तपुर औधी मन पर्छ। साथै प्राकृतिक सौन्दर्यको हिसाबले भने पोखरा सुन्दर लाग्छ। ऐतिहासिकता बोकेको ठाउँ मध्य गोरखा, पाल्पा र लुम्बिनी मनपर्छ।

खाली समय कसरी बिताउनु हुन्छ?

वास्तवमा मसँग खाली समयनै हुँदैन भै हाले एक्लै बसेर पुराना हिन्दी फिल्म तथा नेपाली टेलि फिल्म हेर्न आनन्द लाग्छ।

तपाईंलाई गीत र कविता कुन मन पर्छ ? तपाईंले गीत पनि लेख्नु भएको छ ? कति वटा ?

काव्य बिधा मध्यकै कविता मलाई मन पर्छ। गीतले मन छुने गर्छ भने कविताले आनन्द प्रदान गर्ने गर्छ। तसर्थ दुवै बिधा उत्तिकै शक्तिशाली भएर पनि कवितामा बहकिन मन लाग्छ। हो मैले कविता मनपर्ने बिधा भएर पनि लेख्न चाहि गीत धेरै लेखेको छु झन्डै २ सयको हाराहारी मा गीत लेखेको छु।

तपाईंले अहिले सम्म कतिवटा पुस्तक लेख्नु भएको छ र अहिले के लेख्दै हुनुहुन्छ ?

हालसम्म पुस्तकको आकार ग्रहण गरेका मेरा झन्डै २ दर्जन कृतिहरु छन् पाण्डुलिपिको रुपमा भने एकल प्रकाशित कृति मात्रै ३ वटा छन् सयुक्त कृतिका रुपमा २ वटा आएका छन्।

मेरो प्रथम कृति “गीतल संग्रह रहर-१” ०६० रहेको छ भने “बिस्कुन बालुवाको” नाटक संग्रह ०७७ साथै कविता संग्रह “आकाश खुल्दैछ”०७७ रहेका छन् । अब प्रकाशनको तयारीमा उपन्यास “शून्य” नाटक संग्रह “अगेनो शिक्षा” साथै अनुसन्धान मुलक ग्रन्थ “नेपालमा पहाडी मुस्लिमको इतिहास” रहेका छन्।

कस्तो साहित्यिक पुस्तक मन पराउनु हुन्छ ?

पढ्नकै लागि त कथा मन पर्छ। तर जीवन र जगतलाई गहिरो ढंगले अध्यन गर्न राजनैतिक र दार्शनिक पुस्तक पढने गर्छु।

तपाईंको मन पर्ने साहित्यकार को को हुनुहुन्छ र किन ?

महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारीजात,  अनिल श्रेष्ठ,  भिमनिधि तिवारी , सरु भक्त,  नवराज लम्साल,  पुरु लम्साल, डाक्टर निर्मल णि अधिकारीहरु हुन्। जीवनको यथार्थ बोध गर्ने खालका कृतिकै कारण मन पर्छ। साथै लेखकको जीवन शैलीका कारण पनि उहाँहरु मनपर्छ।

अन्त्यमा मैले सोध्न बिर्सेको र स्वयं तपाईंलाई भन्न मन लागेका कुनै कुराहरू छन् भने भन्न सक्नु हुन्छ ?

नेपाली साहित्यले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प्रभाव बढाउँदै गएको यो परिप्रेक्ष्यमा तपाईं र तपाईंको संस्थाले खेलेको भूमिकाको उच्च प्रसंसा गर्न चाहन्छु। तपाईंको यो अभियान ले सार्थकता प्राप्त गरोस् शुभकामना।

(प्रस्तुतकर्ता सर्वज्ञ वाग्ले अनेसासका वरिष्ठ उपाध्यक्ष हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *