६० वर्षपछि नोकियामा ठुलो परिवर्तन, बदल्यो आफ्नो लोगो

डिसी नेपाल
१६ फागुन २०७९ १२:४३

काठमाडौँ। नोकियाले ६० वर्षपछि आफ्नो प्रतिष्ठित लोगो परिवर्तन गरेको छ। सन् १९६६ देखि नोकियाको लोगोमा केही परिवर्तन भए पनि अहिले लोगो पूर्णरुपमा परिवर्तन हुँदैछ। लोगो परिवर्तनसँगै कम्पनीले अब मोबाइल व्यवसायबाहेक नेटवर्क व्यवसायमा पनि ध्यान केन्द्रित गर्ने तयारी गरेको देखिन्छ।

नोकियाको नयाँ लोगोमा नोकियालाई प्रतिनिधित्व गर्ने पाँच वटा आकारमा बनाइएको छ। नोकियाको लोगो सधैं नीलो रङमा हुने गर्थे। तर अहिले यसलाई पनि परिवर्तन गरिएको छ।

उल्लेखनीय कुरा के छ भने नोकियाले स्मार्टफोन मात्र नभई ५जी उपकरण पनि निर्माण गर्छ र यसका लागि अब नोकियाका दुई वटा लोगो देखिनेछन्। एउटा लोगो विशेष गरी मोबाइल फोन खण्डको लागि राखिएको छ, जबकि अर्को लोगो कम्पनीको अन्य व्यवसायहरूको लागि हो।

नोकिया मोबाइल ब्राण्डको कुरा गर्दा, फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबलसँग नोकिया मोबाइल फोन बनाउने लाइसेन्स छ। नोकियाले आफ्नो लोगो परिवर्तन गरेको भए पनि रिपोर्टका अनुसार एचएमडी ग्लोबलले नोकियाको पुरानो क्लासिक लोगो भएका स्मार्टफोनहरू बिक्री गर्ने बताएको छ।

नोकियाका सीईओले नोकिया अब स्मार्टफोन कम्पनी मात्र नभई व्यवसायिक प्रविधि कम्पनी बनेको बताएका छन्। स्पेनको बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेस चलिरहेको छ र यसै क्रममा कम्पनीले नोकियाको नयाँ लोगो सार्वजनिक गरेको छ ।

कम्पनीका सीईओले आफ्नो ब्लगपोस्टमा भनेका छन् कि अधिकांश मानिसहरू नोकियालाई सफल मोबाइल ब्रान्डका रूपमा मात्र चिन्छन्। तर नोकिया मोबाइल फोनको मात्र होइन। वास्तवमा कम्पनीले आफ्नो नेटवर्क व्यवसायमा पनि जनताको ध्यान आकर्षित गर्न चाहन्छ।

कम्पनीका सीईओले नोकियाले नेटवर्क र औद्योगिक डिजिटलाइजेसनमा केन्द्रित हुने ब्रान्ड ल्याउन चाहेको बताएको छ, जुन लिगेसी मोबाइल फोन व्यवसायबाट पूर्णतया फरक छ।

यद्यपि यो लोगो २०२४ भन्दा अगाडि नोकियाका उत्पादनहरूमा देखिने छैन। किनभने विद्यमान उत्पादनहरू पुरानो लोगोमा मात्र बिक्री हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *