फर्जी खेलाडी विवादले अर्घाखाँचीमा रनिङ शिल्ड अनिश्चित

डिसी नेपाल
१६ फागुन २०७९ १६:३२
96
Shares

अर्घाखाँची । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअवरुद्ध भएको छ ।

जारी प्रतियोगितामा अन्य खेलहरु सम्पन्न भए पनि भलिबलमा केही स्थानीय तहहरूले फर्जी खेलाडि ल्याएको भन्दै विवाद बढेपछि खेल अनिश्चत बनेको हो ।

भूमिकास्थान नगरपालिकाले बढी उमेर समूहका खेलाडी सहभागी गराएको पाइएपछि फर्जी खेलाडी हटाएर खेल सन्चालन गर्ने सर्वपक्षीय सहमति भए पनि केही पालिकाहरुले खेल सन्चालन हुँदै गर्दा फेरि असहमति जनाएपछि खेल अनिश्चित भएको हो ।

सहमतिको प्रयास भइरहेको छ । आपसी सहमतिपछि अविलम्ब खेल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *