केपी ओली कप फाइनल: सातदोबाटो र मछिन्द्रबीच प्रतिस्पर्धा
काठमाडौं। केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
आयोजक केपी एफसीलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६-५ ले पराजित गर्दै फाइनलमा पुगि सातदोबाटो बीच प्रतिस्पर्धा हुन लागेका हो।
आठ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्पलेक्सको खेल मैदामा हुँदै आएको थियो भने फाइनल दशरथ रंगशालामा आज हुँदैछ।
नेकपा एमाले निकट युवा संघकाे आयाेजनामा भइरहकाे खेलकाेमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउने छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment