प्रिमियर लिगमा म्याचेस्टरको ३–० को जीत

डिसी नेपाल
१७ फागुन २०७९ ९:०५
296
Shares

काठमाडौँ। प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। प्रि–क्वारटफाइनलमा च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटी अघि बढेको हो।

एस्टन गेट ब्रिस्टलमा मंगलबार राति भएको खेलमा  फिल फोडेनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए।

७४औं मिनेटमा फोडेनले जुलियन अल्भारेजको पासमा दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे भने त्यसपछि ८१औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *