प्रदेश १ को नाम ‘कोशी’मा सहमति जुटाउने प्रयास

डिसी नेपाल
१७ फागुन २०७९ ११:५२

बिराटनगर। प्रदेश १ को नामाकरण सबन्धमा बस्न लागेको बैठकमा १२ बजेबजे भित्र सांसदहरुले नामाकरण प्रस्ताव गरिसक्नु पर्ने भएको छ।

प्रदेश १ को संसद सचिवालयले एक सुचना जारी गर्दै नामाकरण पेश गर्नका लागि समयसिमा तोकेकाे हाे। पहिलो कार्यकालमा नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण आज गर्ने उदेश्यसहित प्रदेश १ ले सुचना जारी गरेको हो।

प्रदेशसभा सचिवाल गोपाल प्रसाद पराजुलीका अनुसार १२ बजेसम्म प्रदेशको नाम प्रस्ताव पेश गर्नका लागि सुचना जारी गरिएको छ।

‘नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नम्बर १ को नामाकरणका लागि प्रदेश सभा नियमावली-२०७४ (पहिलो संसोधनसहित)को नियम ५८ (ख) बमोजिम सोही नियमावलीको अनुसूची-९ को ढाँचामा प्रदेश नम्बर १ को प्रदेश सभा सदस्यहरुलाई २०७७९ फागुन १७ गते दिनको १० बजे देखि १२ बजेसम्म आफनो नाम प्रदेश सभा सचिवालय समक्ष दर्ता गराउन हुन माननीय सभामखज्युको आदेश अनुसार माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ।

आजै प्रदेशको नामाकरण हुने गरी कार्यतालिका बनाइएको छ, जसअनुसार नेपाली कांग्रेस र नेकपा एमालेले ‘कोशी’ प्रदेश राख्न सहमत भएको बुझिएको छ। दुवै दलले त्यसमा सहमति जुटाउनका लागि साना दलहरुसँग प्रयास गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *