प्रदेश १ नामाकरण: एमालेले प्रस्ताव गरेको ‘कोशी’ नामबाट कांग्रेसको समर्थन फिर्ता

डिसी नेपाल
१७ फागुन २०७९ १६:१७

बिराटनगर । यसअघि प्रदेश १ को नाम ‘कोशी’ राख्नु पर्ने भन्दै समर्थन जनाएको नेपाली कांग्रेसले आफनो समर्थन फिर्ता लिएको छ ।

यसअघि एमालेका  प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको प्रस्तावबाट कांग्रेसले समर्थन फिर्ता लिएको हो ।

सत्ता साझेदार माओवादी केन्द्रले एमालेको प्रस्तावमा जान नहुने भन्दै असहमति जनाएपछि कांग्रेसले सोही नाम गरेर अर्को प्रस्ताव दर्ता गराउनका लागि समर्थन फिर्ता लिएको बुझिएको छ । बैठक जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *