विरोध शैली परिवर्तन : कैलालीका ब्यावसायीले आज बैंकमा पैसा जम्मा नगर्ने

डिसी नेपाल
१८ फागुन २०७९ ९:२०

धनगढी। चर्को व्याजदरविरुद्ध आन्दोलनरत कैलालीका व्यवसायीले आज बैंककमा पैसा जम्मा नगरेर नयाँ शैलीको विरोध गर्ने भएका छन्।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार बैक, लघुबित्त र सहकारीहरुले बढाएको व्याजदर घटाउन दबाब स्वरुप व्यवसायीले आज एक दिन नगद जम्मा नगरी बिरोध जनाउन लागेको हाे।

बित्तिय संस्थाहरुले ब्याजदरमा चर्को मूल्य बढाएपछि धनगढीको व्यवसायबाट बिस्थापित र पलायन हुने अवस्थामा पुगेको भन्दै  केही दिनदेखि व्यवसायीहरुले आन्दोलनन गर्दैै आएका छन्। दैनिक दुई घण्टा व्यापार बन्द गरेर आन्दोलन गर्दैआएका धनगढीको ब्यावसायीले आज भने नगद जम्मा नगरेर बिरोध शैली परिवर्तन गर्न लागेका हुन्।

हिजो बुधबार व्यवसायीले नेपाल राष्ट्र बैंक, धनगढी अगाडि विरोध प्रदर्शन गरेका थिए। यसअघि मासिक ७ प्रतिशत तिर्दै आएको भए पनि वित्तीय संस्थाहरुले हाल एकैचोटी १७ प्रतिशसम्म ब्याजदर बढाएपछि व्यवसायी आन्दोलित हुदैँ आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *