प्रतियोगितामा सहभागी हुन कराते खेलाडी श्रीलंका प्रस्थान
भैरहवा। तेस्रो अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामामा सहभागिता जनाउन नेपालका ६ कराते खेलाडी श्रीलंका तर्फ प्रस्थान गरेका छन्।
मार्च ४ मा श्रीलंकामा आयोजना हुने लागेको कराते प्रतियोगिताको लागि वादोरियो करांते डो संघका खेलाडि कमरुद्धिन अलि, शोभाखर पन्त, सन्यम् कडेल, पुरुषेत्तम पोख्रेल, विष्णु भट्टराई, श्रेया राई श्रीलंका तर्फ प्रस्थान गरेका हुन्। सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले एक कार्यक्रमका बीच माला लगाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाई गरे।
कार्यक्रममा विशिष्ठ अतिथि नेपाल कराते महासंघ लुम्बिनी प्रदेश संयोजक भरत बहादुर केशीले मार्सल आर्ट भगवान गौतबुद्धसंग सम्बन्धित रहेको खेल भएका कारण नेपाललाई अन्तराष्टिय स्तरमा गौतमबुद्धको देश भनेर चिनाउने कराते खेलाडिलाई राम्रो अवसर भएकोले अनुशासित बनेर खेल प्रदर्शन गर्न शुभकामना दिए।
विदाई कार्यक्रममा खेलाडिलाई विदाई शुभकामना दिँदै मदन भण्डारी स्पोर्ट एकेडेमीका केन्द्रिय अध्यक्ष धुर्व आचार्यले नेपाली खेलाडिहरु अहिंसाको पक्षमा रहेको र सामाजिक विकृतिका विरुद्ध खेल खेल्ने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment