युएईसँग नेपालको लज्जास्पद हार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत बिहीबारको खेलमा नेपालले घरेलु टोली यूएईसँग लज्जास्पद हार ब्यहोरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ६८ रनले पराजित भएको हो ।
२०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १३९ रन बनाउँदै समेटियो । सुरुवात देखि नै विकेट गुमाएको नेपालका लागि कुशल मल्ले अर्धसतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । मल्लले ६० रन बनाएर आउट भए । यस्तै आसिफ शेखले १७ रन तथा सन्दीप लामिछानेले २६ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रन बनाउन सकेनन् । युएईका रोहन मुस्ताफा र कार्तिक मैयाप्पनले ३ ३ विकेट लिए । यस्तै जुनैद सिद्धिकीले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो । यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाउँदा रोहन मुस्ताफाले अविजित ५२ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसी, आसिफ शेख र कुशल मल्लले एक एक विकेट लिए ।
विश्वकप लिग–२ को अंक तालिकामा नेपाल ३० खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ। पाचौँ स्थानमा रहेको एईको ३० खेलबाट ३१ अंक छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment