पेनाल्टीमा चुके पनि बार्सिलोना बिजय हात पार्न सफल

डिसी नेपाल
२२ फागुन २०७९ ८:१३
184
Shares

काठमाडौं। बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ। घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियामाथि १-० को जित निकालेको हो।

स्पोटिफाई नोउक्याम्पमा आइतबार राति भएको खेलको १५ औं मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोेल गर्न सफल भएका थिए। ५५औं मिनेटमा फेरान टोरेस पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता दोब्बर पार्नबाट चुक्यो।

५९औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो। ह्युगो डुरोमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले रोनाल्ड एराउजोलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए।

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ६२ अंक पुगेको छ। पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *