बाबुराम भट्टराईको स्पष्टीकरण : जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम होइन

डिसी नेपाल
२२ फागुन २०७९ ९:१२
64
Shares

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने पाउने तर जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम नभएको बताएका छन्।

सामाजिक सञ्जालवाट स्पष्टीकरण दिँदै अध्यक्ष भट्टराईले आफनो हिजोका अभिब्यक्तिमा स्पष्टीकरण दिने त्रममा साे धारणा राखेका हुन्।

‘सानो स्पष्टीकरणः बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफैं प्रम छँदा थुप्रै मु्द्दा खेपेको छु, अदालतमा हाजिर भएको छु’, भट्टराईले भनेका छन्, ‘तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन, प्रम प्रचण्डको हकमा पनि त्यही हो, आवेग हैन विवेकले काम गरौं।’

गत शुक्रबार सर्बोच्च अदालतले फौजदारी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा दर्ता गर्न सक्ने आदेश दिए पछि अनेक तर्क वितर्क भइरहेको बेला माओवादी नेताहरुले हिजो त्यसको प्रतिबाद गरेका थिए भने सत्तारुढ ९ दलले जनयुद्धकालीन अर्थात संक्रमणकालिन मुद्दा अघि बढाउन सत्य निरुपण मेलमिलाप आयोगलाई सक्रिय बनाउने निर्णय गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *