युएई र पपुवा न्युगिनीसँग खेल्ने नेपाली क्रिकेट टोलीकाे घोषणा

डिसी नेपाल
२४ फागुन २०७९ ८:३३
1.1k
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजका लागि १४ सदस्यी क्रिकेट टोली घोषणा गरेको छ।

बिहीबारदेखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ। तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन।

नेपालले बिहीबार टियु मैदानमा पपुवा न्युगिनीसँग खेल्दैछ। मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *