लिग-२ क्रिकेटः चारै खेल जित्न सके नेपाल सोझै विश्वकप छनोटमा
काठमाडौं। आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज बिहिबारबाट नेपालमा आयोजना हुदैछ।
नेपाल, युएई र पपुवा न्युगिनी पीएनजी बीचको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखला किर्तिपुर मैदानमा हुन लागेको हो। उक्त श्रृंखलाबाट तेस्रो, चौथो र पाँचौं स्थानमा रहने टोलीको तय हुनेछ।
घरेलु मैदानमा हुन लागेको श्रृंखलामा नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २–२ खेल खेल्नेछ । नेपालले यी चार खेल जित्दा ४० अङ्क पुग्नेछ। जुन विश्वकप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ।
खेल अघि तीनै टोलीले तालिकामा अंक सुधार गर्ने लक्ष्यका साथ खेल प्रदर्शन गर्ने बताएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मोन्टे देशाइले अन्तिम सिरिज कठिन भएपनि जीतको लक्ष्यका साथ मैदान उत्रने बताए।
उनले बिहीबारको खेलमा सम्पूर्ण ध्यान केन्द्रीत रहेको बताए। त्यस्तै नेपालका कप्तान रोहित पौडेलले पछिल्लो समय सोचेजस्तो खेल प्रदर्शन गर्न सफल भएको भन्दै आगमी खेल पनि जित्ने बताए।
त्यस्तै युएई र पपुवा न्युगिनी पीएनजीका प्रशिक्षक र कप्तानहरुले पनि अन्तिम सिरिजमा ध्यान केन्द्रीत गरेको बताएका छन्। नेपालले बिहीबार पीएनजीसँग, आइतबार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीबार यूएईसँग खेल्नेछ।
श्रृंखलाका सबै चार खेल जित्न सके घरेलु टोली नेपाल सोझै विश्वकप छनोटमा पुग्नेछ भने एकदिवसीय मान्यता पनि कायमै रहनेछ। यदि नेपाल अङ्कतालिकाको शीर्ष तीनमा पर्न नसके विश्वकप छनोटका लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।
जसबाट शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउनेछन्। त्यस्तै लिग–२ मा शीर्ष पाँचमा पर्न नसके नेपालले एकदिवसीय मान्यता जोगाउन प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ।
नेपालको ३२ खेलमा ३२ र यूएईको ३१ अङ्क छ र तालिकाको पाँचौ स्थानमा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment