आर्सनल बराबरमा रोकियो, क्वाटर फाइनलमा जाने सम्भावना जिवितै
काठमाडौँ। इंग्लिस क्लब आर्सनल पोर्चुगिज क्लब र स्पोर्टिङ लिस्वनसँग २–२ गोलको बराबरीमा रोकिन पुगेका छन्।
लिस्वोआमा बिहीबार राति भएको खेलको २२औं मिनेटमा विलियम सालिवाको गोलबाट आर्सनलले अग्रता लिए पनि ३४औं मिनेटमा स्पोर्टिङका गोन्कालोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए पछि खेल बराबरीमा रोकिन पुगेको हो।
दोस्रो हाफको सुरुवाती ५५औं मिनेटमा पौलिन्होले गोल गरेपछि स्पोर्टिङले खेलमा २–१ को अग्रता लिन सफल भयो।
दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ। अब दोस्रो लिगमा जित हात पार्ने टोली अन्तिम आठमा पुग्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment