हात्तिपाइले रोगबिरुद्धको औषधी खुवाउने म्याद बढेर ३० गतेसम्म

डिसी नेपाल
२८ फागुन २०७९ ९:११
60
Shares

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय  थप गरेर अभियानलाई निरन्तरता दिएकाे छ। यसअघि फागुन २५ गतेसम्म हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने समयसिमा तोकिएको भए पनि मन्त्रालयले पाँच दिन थप गरेर ३० गतेसम्मलाई निरन्तरता दिएकाे हो।

कर्णाली प्रदेशबाहेक मुलुकका  १५  जिल्लामा गत फागुन  ११  गतेदेखि  २५  गतेसम्म  हात्तीपाइलेविरुद्ध   औषधि   खुवाउने   अभियान सञ्चालन भईरहेको थियो। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार अब १५ जिल्लमा फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने छ।

जसअनुसार कोशी प्रदेशको झापा र मोरङ, मधेस प्रदेशको महोत्तरी, रौतहट, बारा, धनुषा, सर्लाही, बाग्मती प्रदेशको रसुवा, गण्डकी प्रदेशको पर्वत, बागलुङ, लमजुङ, लुम्बिनी प्रदेशको  बाँके, कपिलवस्तु र दाङ,  सुदुरपश्चिम प्रदेशको कैलालीमा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान जारी छ।

हात्तीपाइले रोगविरुद्धको औषधि वडा कार्यालय, स्वास्थ्य  संस्था, सामुदायिक  भवन,  विद्यालय, धार्मिक स्थललगायतमा केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा खुवाइन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *