म्यानचेस्टर युनाइटेड साउथहेम्टनसँग गोलरहित बराबरी

डिसी नेपाल
२९ फागुन २०७९ ७:२८
36
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड साउथहेम्टनसँग गोलरहित बराबरीमा रोकिन पुगेको छ। प्रिमियम लिगमा तेस्रो स्थानमा रहेको युनाइटेड लिगको पुछारमा रहेको साउथहेम्टनसँग बराबरीमा रोकिन पुगेको हो।

पहिलो हाफमा कार्लोस अल्कारेजलाई फल गरेपछि क्यासिमेरोले ३४ औं मिनेटमा सिंधै रातो कार्ड पाए। भिएआर चेकिङ पछि रातो कार्ड दिएर क्यासिमिरोलाई मैदानबाट बाहिर पठाउँदा पहिलो हाफमा नै युनाइटेड १० खेलाडीमा सिमित हुन पुग्यो।

त्यसपछि पनि केहि राम्रा मौका चुकाई गोल गर्न नसके पछि युनाईटेड तीन अङ्कबाट बञ्चित हुन पुग्यो। बराबरीसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २६ खेलबाट ५० अंक पुगेको छ। युनाइटेड शीर्षस्थानको आर्सनलसँग १६ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ११ अंकले पछि छ। साउथह्याम्टन २२ अंक जोडेर पुछारमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *