‘नाटु नाटु’ गीतले ओस्कार अवार्ड जित्यो

डिसी नेपाल
२९ फागुन २०७९ १३:५१
544
Shares

काठमाडौं । निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ ले ‘बेस्ट ओरिजिनल संग’ विधामा ओस्कार अवार्ड जितेको छ ।

‘नाटु-नाटु’ ओस्कार जित्ने पहिलो भारतीय उत्पादन गीत हो।

गीतका संगीतकार एमएम किरावाणीले अवार्ड जितेपछि एकेडेमी अवार्डलाई धन्यवाद दिँदै भने, ‘म सिकर्मीको कुरा सुनेर हुर्केको छु र आज ओस्कार जितेको छु ।’

यसअघि भारतको ‘द एलिफन्ट व्हिस्पर्स’ ले उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्मको लागि ओस्कार अवार्ड जितेको थियो।

ओस्कार अवार्डको स्टेजमा नाटु–नाटु गीत पनि प्रस्तुत गरिएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए ।

यसबाहेक निर्देशक शौनक सेनले बनाएको डकुमेन्ट्री ‘अल दैट ब्रेथ्स’ उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्म विधामा अवार्डबाट वञ्चित भयो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *