घरेलु मैदानमै सालेरनिटानासँग बराबरीमा रोकियो मिलान

डिसी नेपाल
३० फागुन २०७९ ८:३६
16
Shares

काठमाडौं। एसी मिलान इटालियन सिरी ‘ए’ मा मिलान सालेरनिटानासँग बराबरीमा रोकिन पुगेको छ। घरेलु मैदानमा मिलान सालेरनिटानासँग १–१ गोलको बराबरी रोकिन पुगेको हो।

सोमबार राति भएको खेलमा मिलानले पहिलो हाफको पहिलो मिनेटमा स्माइल बेनाकरको पासमा ओलिभर जिरुडको गोलबाट अग्रता लिएको थियो तर त्यो अग्रतालाई मिलानले दोस्रो हाफमा बचाउन सकेन।

६१औं मिनेटमा सालेरनिटानाका बोउला डियाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै मिलानले तेस्रो स्थानमा उक्लने मौका गुमाउँदा ४८ अंक जोडेर चौथो स्थानमा छ। सालेरनिटाना २६अंक जोडेर १६औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *