दिगो पर्यटन विकासलाई प्राथमिकता दिन जरुरी छ : पर्यटनमन्त्री किराँती

डिसी नेपाल
१ चैत २०७९ १४:५२
60
Shares

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले पर्यटन क्षेत्रको विकास, बिस्तार र विविधिकरण गर्न दिगो पर्यटन विकास कार्यलाई प्राथमिकता दिनु पर्ने बताएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनले बुधवार काठमाडाैंमा गरेको क्षेत्रीय कार्यशाला गोष्ठीमा मन्त्री किराँतीले यस्तो बताएका हुन्।

कोरोना माहामारीले पर्यटन उद्योगलाई तहसनहस गरेको तर, पछिल्ला दिन विस्तारै तहमा फर्किन खोजेको बताउँदै उनले यस्ता गतिविधिले पर्यटन क्षेत्रमा आशाको सञ्चार गरेको बताए।

उनले भने,‘कोभिड-१९ को प्रभाव कम हुदै जाँदा विश्वको पर्यटन लयमा फर्किदै गएको छ । यहीक्रममा कार्यशाला आयोजना भएको छ। कार्यशालामा विभिन्न व्यक्तिबीच छलफल र बहस हुनेछन्। यसले नेपालको मात्र नभई विश्व पर्यटनलाई नयाँ दिशा निर्देश गर्ने छ।’

पर्यटन उद्योगको क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सरकार र निजी तथा गैर सरकारी क्षेत्रसँग संयुक्त लागानी र साझेदारी गर्न साझा दृष्टिकोण बनाउन आवस्यक रहेको उनको भनाइ छ।

नेपाल विश्वका राम्रो पर्यटकीय गन्तव्य रहेको बताउँदै उनले यहाँको प्राकृतिक, धार्मिक, सांस्कृतिक मात्रै नभएर आध्यात्मिक पर्यटनको रसस्वादन गर्न समेत उनले विश्व समुदायलाई आवह्वान गरेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *