उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक

डिसी नेपाल
१ चैत २०७९ २१:१७
220
Shares

काठमाडौं। निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ को मतपत्रको नमूना सार्वजनिक गरेको छ। उक्त निर्वाचनका लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरिएको छ।

सङ्घीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ।

मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार छन्।

सङ्घीय संसद् र प्रदेशसभाका सदस्यले मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मत सङ्केत गर्नुपर्ने छ।

उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन्। सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ। यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *