नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने, ‘राष्ट्र तपाईको साथमा छ’
फाइल फाेटाे।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विश्वकप लिग–२ को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिएका छन्।
त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा जारी युएई बिरुद्ध मैदानमा उत्रेको नेपाली टिमलाई एमाले अध्यक्ष ओलीले जीतको शुभकामना दिएका हुन्।
‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो। ऊच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना,’ ओलीले टविटरमार्फत शुभकामनामा दिदै भनेका छन्, ‘राष्ट्र तपाईंहरूको साथमा छ र म तपाईंहरूको साथमा छु।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment