भारतले सांघाई सहयोग संगठनको बैठकमा पाकिस्तानका रक्षामन्त्रीलाई निम्तो दियो

डिसी नेपाल
२ चैत २०७९ १२:०७

काठमाडौं । भारतले सांघाई सहयोग संगठनको बैठकमा भाग लिन पाकिस्तानसहित अन्य सदस्य राष्ट्रका रक्षामन्त्रीलाई निमन्त्रणा पठाएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार यससँग सम्बन्धित व्यक्तिहरूले यो जानकारी दिएका छन्।

अप्रिल २८ मा हुने उक्त बैठकको निमन्त्रणा आठ राष्ट्रको संस्था एससीओको वर्तमान अध्यक्षका रुपमा भारतले दिएको हो ।

पीटीआईले जानकार एक व्यक्तिलाई उद्धृत गर्दै भन्यो, “सम्बन्धित मन्त्रीहरू र एससीओ सदस्य राष्ट्रका अधिकारीहरूलाई निर्धारित नियमहरू अनुसार प्रासंगिक बैठकहरूको लागि निमन्त्रणा दिइएको छ।”

उनले रक्षामन्त्री ख्वाजा आसिफलाई इस्लामाबादस्थित भारतीय दूतावासमार्फत निमन्त्रणा पठाइएको बताए ।

यसबाहेक भारतले चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफलाई पछि निमन्त्रणा पठाउनेछ।

सांघाई सहयोग संगठनमा भारतबाहेक रुस, चीन, किर्गिज रिपब्लिक, काजकिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान र पाकिस्तान सदस्य छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *