‘द एलिफेन्ट व्हिस्पर्स’ले ओस्कार जितेपछि राहतको घोषणा
मुम्बई। गत मार्च १३ मा भएको ओस्कार अवार्ड २०२३ मा ‘द एलिफेन्ट व्हिस्पर्स’ले ‘बेस्ट डकुमेन्ट्री फिल्म’को अवार्ड जित्यो। फिल्मको यो सफलता देखेपछि तमिलनाडु सरकारले हात्ती र उसको हेरचाह गर्नेहरुको पक्षमा फैसला लिएको छ।
सरकारले योजनाअनुसार अब ८ करोड रुपैंयाँ लागतमा कोयम्बटूर चावडीमा अत्याधुनिक सुविधासहितको नयाँ हात्ती शिविर बनाइनेछ। मुख्यमन्त्री एमके स्टालिनले हात्तीको सुरक्षा गर्ने हेरालुलाई मुख्य मन्त्री राहत कोषबाट जनही १ लाख रुपैंयाँ दिने घोषणा गरेका छन्।
फिल्ममा मुदुमलाई टाइगर रिजर्भका केयरटेकर जोडी बोमन र बेली लिडले प्रमुख भूमिका निभाएका छन्। उनीहरुको अभिनयको सराहना गर्दै तमिलनाडु सरकारले राज्यको २ शिविरको सबै ९१ हात्तीका माउतेलाई मुख्यमन्त्री राहत कोषबाट जनही १ लाख दिन लागिएको हो।
सरकारले प्रख्यात अन्नामलाई टाइगर रिजर्भमा हात्ती शिविर बनाउनका लागि ५ करोड रुपैंयाँ दिएको छ। सरकारले त्यो रकमले हात्तीलाई संरक्षण गर्ने जनाएको छ।
फिल्ममा कार्तिकी गोन्जाल्विसको निर्देशन र गुनित मोंगाको निर्माण छ। ३९ मिनेटको यो सर्ट फिल्ममा मानिस र जनावरबीचको सम्बन्धलाई देखाइएको छ।







डिसी नेपाल







Facebook Comment