मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को काठमाडौं फिल्ड अडिसन चैत्र ४ र ५ मा

डिसी नेपाल
२ चैत २०७९ २०:४६

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन यहि चैत्र ४ र ५ गते सामाखुसी कपुरधारा स्थित नवोदित कलेजमा हुने भएको छ ।

डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्ने र अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने आयोजकले जनाएको छ । देशका विभिन्न भागबाट फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमान्डौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् ।

यी दुई शोहरु नेपालको अहिले सम्मकै सर्वाधिक धनराशी भएको रियालीटी शोहरु हुन ्। फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले एक करोड नेपाली रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले ३० लाख नेपाली रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख नेपलाी रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै डान्स यूनिभर्स’को सँस्कृतिक समुह विधाको विजेताले पनि २० लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै उक्त विधाका फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *