फ्रान्समा अवकाशको उमेर बढाउने विधेयक संसदबाट पारित गरेको बिरोधमा व्यापक प्रदर्शन

डिसी नेपाल
३ चैत २०७९ ८:२३
32
Shares

पेरिस। फ्रान्समा सरकारले संसदबाट मतदान विना नै अवकाश संशोधन सम्बन्धी विधेयक जबरजस्ती पारित गरेपछि त्यसको विरोधमा व्यापक प्रदर्शन भइरहेको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप नै भएको छ।

पारित गरिएको विधेयकमा अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष बनाइएको छ। अवकाशको उमेर बढाएको विरोधमा प्लेस डे ला कन्कोर्डमा ठूलो भीड नै जम्मा भएको छ।

फ्रान्सको अति दक्षिणपन्थी विपक्षी दलले हिजो संसदको तल्लो सदनबाट मतदानबिना नै विवादास्पद पेन्सन सुधार योजना पारित गरेपछि सरकारविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता गर्ने जनाएको छ।

सन् २०२२ मा भएको राष्ट्रपतीय निर्वाचनमा अति दक्षिणपन्थी उम्मेदवार तथा हाल राष्ट्रिय रूपमा प्रदर्शनको नेतृत्व गरिरहेकी मरिन ला पेनले राष्ट्रपति इमानुएल म्याक्रोन र उनका प्रधानमन्त्री एलिजाबेथ बोर्नका लागि यो निर्णय पूर्णरूपमा असफल’ भएको बताए।

बहुमत प्राप्त गर्ने कुनै ग्यारेन्टी नभएकाले विवादास्पद विधेयकमा सांसदहरूले मतदान गर्ने निर्धारित समय अघि नै पारित गरेको आरोप लगाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *