सरकारले नेपाली क्रिकेट टिमलाई जनही तीन लाख दिने

डिसी नेपाल
३ चैत २०७९ १०:२३

काठमाडौं । विश्वकप छनोटमा पुगेका नेपाली क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकपको क्वालिफायरमा पुगेका नेपाली क्रिकेट टिमलाई शुक्रबार बधाई दिँदै तीन लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले शुभकामना दिँदै भनेका छन् ,‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू ३ लाख पुरस्कारको घोषणा गर्दछु।’

नेपाली क्रिकेट टिम यूएईलाई डीएल (डकवर्थ लेविस) नियमअनुसार ९ रनले पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको हो । विहिबारको जितसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *