बागमती सरकारले क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

डिसी नेपाल
३ चैत २०७९ १९:४०
36
Shares

हेटौँडा। बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही रु एक लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप सो रकम पुरस्कार दिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए। खेलाडीसँग प्रदेश सरकार सँगसँगै रहेको बताउँदै उनले क्रिकेट खेलाडीले उत्कृष्ट खेलेका कारण देशको शिर उँचो भएको बताए।

युएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको छ। यसअघि सङ्घीय सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रति खेलाडी रु तीन लाखका दरले पुरस्कार दिने घोषणा गर्नुरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *