पाकिस्तानी पुर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुदैँ

डिसी नेपाल
४ चैत २०७९ १०:२४
32
Shares

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन्।

तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।

अदालतले उनलाई  १८ मार्चमा अदालतमा हाजिर हुन भने पनि खानले सुरक्षा चिन्ता गर्दै आएका थिए । जसका कारण मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको अदालतको सट्टा अब न्यायिक कम्प्लेक्समा हुनेछ। अदालतले उनलाई चैत २८ गतेसम्म जमानत दिएको छ।

उपहार पाएको सामग्री गैरकानुनी रुपमा बिक्रिी गरेको तथा महिला न्यायधिस माथी गैर न्याययिक टिप्पणी गरेको अभियोग उनी माथी छ ।

गत साता उनलाई पक्राउ गर्ने प्रयास भए पछि उनका समर्थकहरुले प्रतिवाद गरेका थिए । सो प्रतिवादमा भएको झडपमा दर्जर्नौै घाइते भएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *