युक्रेन संकटको बीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसी राष्ट्रपति पुटिनलाई मस्कोमा भेट्ने
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले अर्को हप्ता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेट्ने छन्। रुसले दुवैले “व्यापक साझेदारी र रणनीतिक सहयोग” बारे छलफल गर्ने बताएको छ।
चीनले युक्रेनमा युद्ध अन्त्य गर्न प्रस्ताव गरेको बेला भेटवार्ता हुन लागेको हो । यो प्रस्तावमा पश्चिमी मुलुकबाट सकारात्मक प्रतिक्रिया आएको छ । यद्यपि पश्चिमी देशहरूले चीनलाई रुसलाई हतियार नदिन चेतावनी दिएका छन् ।
यद्यपि यसको पुष्टि भने भइसकेको छैन । चीनका विदेशमन्त्रीले पुटिनको निमन्त्रणामा जिनपिङ रुस जान लागेको र मार्च २० देखि २२ सम्म त्यहाँ बस्ने बताएका छन् । चिनियाँ प्रवक्ताले यसलाई “मित्रता र शान्तिको भ्रमण” भनेका छन्।
फेब्रुअरीमा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने कि उनी सी जिनपिङसँग भेट्न र उनको प्रस्तावबारे छलफल गर्न चाहन्छन्। उनले भनेका थिए, “म साँच्चै विश्वास गर्न चाहन्छु कि चीनले रुसलाई हतियार आपूर्ति गरिरहेको छैन।”
यद्यपि अमेरिकाले चीनले हतियारको आपूर्तिमा विचार गरिरहेको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले शुक्रबार जनाएअनुसार जिनपिङले रुस भ्रमणपछि जेलेस्कीसँग भर्चुअल भेट गर्नेछन्।







डिसी नेपाल







Facebook Comment