युट्युबमा फर्किए डोनाल्ड ट्रम्प, भने- आइ एम ब्याक !
काठमाडौं । आफ्नो युट्युब च्यानलबाट गायब भएको दुई वर्षपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि युट्युबमा फर्किएका छन् ।
उनले आफ्नो युट्युब च्यानल र आफ्नो फेसबुक पेजमा ११ सेकेन्डको भिडियो पोस्ट गरे जसमा उनले लेखे, “म फिर्ता आएको छु!”
भिडियो उनको चुनावी र्यालीको हो जसमा उनले भनेका छन्, ‘तपाईलाई पर्खाएकोमा माफ गर्नुहोस्, यो जटिल विषय हो ।’
सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा पराजयपछि उनका समर्थकहरूले वाशिङटनको क्यापिटल बिल्डिङमा आक्रमण गरेपछि उनको सामाजिक सञ्जाल अकाउन्ट फ्रिज गरिएको थियो । उनलाई सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई आक्रमण गर्न उक्साएको आरोप लागेको थियो ।
उनी फेरि एकपटक राष्ट्रपतिको निर्वाचनमा लड्ने तयारीमा रहेको विश्वास गरिएको छ, यसैलाई मध्यनजर गर्दै उनलाई फेरि सामाजिक सञ्जालमा आउन अनुमति दिइएको हो ।
युट्युबले चुनाव लड्ने सबै प्रमुख उम्मेदवारको कुरा सुन्न पाउने अधिकार मतदातालाई रहेको जनाएको छ ।
यस वर्षको जनवरीमा ट्रम्पले फेसबुक र इन्स्टाग्राममा पनि पुनरागमन गरेका थिए। उनको ट्विटर खाता पनि गत वर्ष नोभेम्बरमा रिस्टोर गरिएको थियो।
अमेरिकी नागरिक स्वतन्त्रता संघले यो निर्णयको स्वागत गरेको छ । यद्यपि, मिडिया म्याटर्स जस्ता केही वकालत गर्ने समूहहरूले यसको आलोचना गरेका छन् र भनेका छन् कि यो सार्वजनिक सुरक्षाको लागि खतरा हुन सक्छ, यो तथ्यलाई मेटा (फेसबुकको कम्पनी) ले बेवास्ता गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment