नेपालको आकाशमा चीनको जासुसी रकेट विष्फोट
काठमाडौं । जासुसी उपग्रह अन्तरिक्षमा लैजाने चिनियाँ रकेट नेपालको आकाशमा विस्फोट भएको छ । गत हप्ता अमेरिकाको टेक्सास राज्यमा यस्तै घटना भएको थियो ।
अन्तरिक्ष विशेषज्ञ जोनाथन म्याकडोवेलका अनुसार यस रकेटको नाम चाङ झेङ २डी लङ मार्च थियो । यसलाई गत वर्ष जुलाई २९ मा मध्य चीनको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो।
युनाइटेड स्टेट्स नेवल इन्स्टिच्युटका अनुसार यसले तीनवटा सैन्य निगरानी उपग्रहहरू साथ लिएको थियो। यी उपग्रहहरू हाल अन्तरिक्षमा सक्रिय छन्। यस्ता भूउपग्रहहरू अन्य देशको सेनाको निगरानी गर्न प्रयोग गरिन्छ।
यो रकेट २ सय दिनसम्म अन्तरिक्षमा रह्यो । त्यसपछि शनिबार वायुमण्डलमा फर्किएर नेपालको आकाशमा विस्फोट भएको थियो । यसको विस्फोटले अन्तरिक्षमा ४ टन फोहोर सिर्जना गर्यो। यो रकेट चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन वाई-६५ मिशनको हिस्सा थियो।
जोनाथनका अनुसार चीनलाई थाहा थियो कि यो रकेट वायुमण्डलमा फर्किनेछ र जहाँ पनि विस्फोट हुनेछ। उनका अनुसार चीनको यो योजना निकै कमजोर थियो ।
मार्च ८ मा चीनको सोही केन्द्रबाट प्रक्षेपण गरिएको रकेट अमेरिकाको टेक्सासको हवाई क्षेत्रमा विस्फोट भएको थियो । यो रकेटले साउथ चाइना सागरको निगरानी गर्न अन्तरिक्षमा तीनवटा उपग्रह छोडेको थियो।







डिसी नेपाल







Facebook Comment