पाकिस्तानमा इमरान खानको घरमा प्रहरी प्रवेश, गोली चल्यो

डिसी नेपाल
४ चैत २०७९ १४:१६

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको लाहोरको जमान पार्कमा रहेको घरबाहिर प्रहरीले कारबाही जारी राखेको छ ।

घरबाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ भने घटनास्थलमा बुलडोजर पनि ल्याइएको छ ।

बीबीसी संवाददाता तरहाब असगरका अनुसार प्रहरीले इमरान खानको घरको ढोका तोडेर भित्र पसेको छ ।

जियो न्यूजसँग कुरा गर्दै प्रहरी अधिकारीले इमरान खानको घरभित्र पस्ने क्रममा भित्रबाट गोली चलेको र प्रहरीलाई निशाना बनाइएको बताए ।

घरभित्र उपस्थित कार्यकर्तासँग हतियार रहेको प्रहरीले जनाएको छ ।

यसै क्रममा इमरान खानले इस्लामाबादको अदालत तर्फ जाँदा आफ्नो लश्करसँग दुर्घटना भएको बताएका छन् ।

आफू पक्राउ हुने थाहा पाए पनि अदालतमा हाजिर हुन लागेको उनले दाबी गरे ।

तोशखाना मुद्दामा इमरान खान आज अदालतमा हाजिर हुनुपर्नेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *