अमेरिकामा आकस्मिक गर्भनिरोधक चक्कीमाथि प्रतिबन्ध !
काठमाडौं । वायोमिङ गर्भनिरोधक चक्की प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ।
यस सम्बन्धमा राज्यपालले विधेयकमा हस्ताक्षर गरेपछि राज्यमा गर्भनिरोधक चक्की बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।
गर्भनिरोधक चक्की प्रतिबन्ध सम्बन्धी ऐन अप्रिल १ गतेदेखि लागू हुने भएको छ ।
गर्भनिरोधक चक्की प्रतिबन्ध लगाउने कानूनको उल्लङ्घन गर्दा छ महिना जेल र ९ हजार डलर सम्म जरिवाना हुन सक्छ।
शुक्रबार यो विधेयकमा गभर्नरले हस्ताक्षर गरेपछि यो ऐन देशभर लागू हुने सम्भावना बढेको छ ।
टेक्सासका न्यायाधीशहरूले यस सम्बन्धमा मुद्दाको सुनुवाइ गरिरहेका छन्। यसले जेनेरिक गर्भनिरोधक चक्कीहरूमा राष्ट्रव्यापी प्रतिबन्धको लागि मार्ग प्रशस्त गर्न सक्छ।
यो विधेयक यही महिना वायोमिङको रिपब्लिकन पार्टीको वर्चस्व रहेको संसदमा पारित भएको थियो।
यससँगै राज्यमा गर्भपतन गराउने गर्भनिरोधक चक्कीको प्रिस्क्रिप्शन, सिफारिस, डेलिभरी, वितरण र बिक्रीमा रोक लगाइएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment