बस दुर्घटनामा १९ जनाको मृत्यु, २५ घाइते

डिसी नेपाल
५ चैत २०७९ १५:५९

काठमाडौं । बंगलादेशको मदारीपुरमा यात्रुबाहक बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । बीबीसी बंगला सेवाको रिपोर्ट अनुसार घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ ।

मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । ढाका जाँदै गरेको बस मदारीपुर क्षेत्रमा बिहान ७:३० बजे चालकले नियन्त्रण गुमाएको प्रहरीले जनाएको छ ।

एक्सप्रेसवेमा बस अनियन्त्रित भई खाल्डोमा खसेको थियो । पद्मा पुल सञ्चालनमा आएपछि द्रुतमार्गमा यो नै सबैभन्दा ठूलो सडक दुर्घटना भएको स्थानीयले बताएका छन् ।

मदारीपुरका प्रहरी उपरीक्षक मोहम्मद मसूद आलमले १४ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन् भने थप ५ जनाको अस्पतालमा मृत्यु भएको छ ।

बसमा ४५ यात्रु र तीन कर्मचारी सवार रहेको प्रहरी एसपीले बताए । घाइतेहरुलाई ढाका मेडिकल कलेजलगायत विभिन्न अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान गरिने उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *