कुवेत संवैधानिक संकटतर्फ अग्रसर, अदालतले संसदीय चुनावको नतिजा खारेज गर्यो

डिसी नेपाल
५ चैत २०७९ १६:५१

काठमाडौं । कुवेतको संवैधानिक अदालतले संसदीय निर्वाचनको नतिजा अस्वीकार गरेको छ । गत वर्ष सेप्टेम्बरमा भएका यी निर्वाचनमा विपक्षी उम्मेदवारले महत्वपूर्ण अग्रता लिएका थिए ।

अदालतले गत वर्ष विघटन भएको संसद पुनर्स्थापित गर्न र सेप्टेम्बरमा भएको निर्वाचनमा विजयी सांसदको सदस्यता खारेज गर्न आदेश दिएको छ । कुवेतको संवैधानिक अदालतको यो निर्णय निर्वाचित संसद र सरकारबीच फेरि तनाव सुरु भएको बेला आएको हो ।

गत वर्ष सेप्टेम्बरमा भएको निर्वाचनमा इस्लामवादी बलहरूले चुनाव जितेका थिए जसमा दुई महिला पनि सहभागी थिए। सन् २०२० को निर्वाचनमा तत्कालीन संसदको एक मात्र महिला सांसद चुनाव हारेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *