पोर्न स्टारसँगको सम्बन्ध के हो, जसका लागि ट्रम्पले गिरफ्तारीको डर व्यक्त गरिरहेका छन्

डिसी नेपाल
५ चैत २०७९ १७:००

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफूलाई पक्राउ गर्न सकिने बताएका छन् । उनले आफ्ना समर्थकहरुलाई यसको विरुद्ध व्यापक विरोध गर्न अपिल गरेका छन् ।

यद्यपि उनका वकिलले कानुनी एजेन्सीहरूसँग कुनै कुराकानी नभएको र ट्रम्पको दाबी मिडिया रिपोर्टमा आधारित रहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार ट्रम्पविरुद्ध अर्को साता मुद्दा दायर गर्न सकिन्छ। यदि यस्तो भयो भने, यो पहिलो पटक हुनेछ कि अमेरिकी पूर्व राष्ट्रपतिले आपराधिक मुद्दाको सामना गर्नेछन्।

यो केस २०१६ को हो, जसमा डोनाल्ड ट्रम्पमाथि आरोप छ कि उनका वकिलले राष्ट्रपति चुनावअघि पोर्न स्टार स्टर्मी डेनियललाई कथित रूपमा पैसा दिएका थिए र यो पैसा ट्रम्पको नाममा दिइएको थियो।

क्यालिफोर्निया र नेभाडाको बीचमा रहेको लेक टोहोय होटलमा सन् २००६ मा ट्रम्पलाई भेटेको डेनियलले दाबी गरेकी छिन् । त्यतिबेला ट्रम्प व्यापारी थिए ।

२०११ मा, डेनियलले इनटच पत्रिकालाई एक अन्तर्वार्ता दिइन् (जुन त्यही वर्ष जनवरीमा प्रकाशित भएको थियो) जसमा उनले दाबी गरिन् कि ट्रम्पले उनलाई डिनरमा निम्तो दिएका थिए, जसको लागि उनी ट्रम्पको होटल कोठामा भेट्न आएकी थिइन्।

उनले भनिन् कि ट्रम्प “सोफामा क्रस खुट्टा राखेर बसिरहेका थिए र सम्भवतः टेलिभिजन हेरिरहेका थिए। उनले पायजामा लगाएका थिए।” डेनियलले होटलमा ट्रम्पसँग आफ्नो शारीरिक सम्बन्ध रहेको दाबी गरेका छन् । यद्यपि उनको दाबीमा ट्रम्पका निजी वकिलले ट्रम्पले यी आरोप अस्वीकार गरेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *