साकाको जादुमय गोलसँगै आर्सनलको सानदार जीत

डिसी नेपाल
६ चैत २०७९ ८:३०

काठमाडौं। लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ। घरेलु मैदानमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ४-१ को फराकिलो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ।

इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको सहज जितमा बुकायो साकाले दुई तथा गाब्रिएल मार्टिनेली र ग्रानिट झाकाले समान एक गोल गरे भने प्यालेसका जेफरे स्कलपले एक गोल फर्काए।

पहिलो हाफको २८औं मिनेटमा बुकायो साकाको पासमा मार्टिनेलीको गोलबाट आर्सनलले १-० को अग्रतासहित खेल देखाउन सुरू गरिसकेकाे थियो, त्यसमाथि ४३औं मिनेटमा बुकायो साकाले गोल थपे पछि आर्सनलले पहिलो हाफमा नै २-० को अग्रता लिन सफल भयो।

दोस्रो हाफको सुरूवाती मै अर्थात् ५५औं मिनेटमा झाकाले गोल थपे पछि आर्सनललाई सहज जिततर्फ अघि बढयो तर ६३औं मिनेटमा प्यालेसका जेफरेले गोल फर्काउदै खेललाई ३-१ को स्थिति बनाए।

तर, ७४औं मिनेटमा काइरन टाइएरनीको पासमा साकाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे पछि आर्सनल सानदार जित निकाल्न सफल भयो।

यस जितसँगै आर्सनलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ। आर्सनलले २८ खेलबाट ६९ अंक जोडेको छ भने पराजित प्यालेस २७ अंक जोडेर १२औं स्थानमा छ। आर्सनलाई पछयाउँदै आएको म्यानचेस्टर सिटीको ६१ अंकमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *