स्प्यारो एसएमएसको १३ औं वार्षिकोत्सव : कोसेढुङ्गोहरू पार गर्दै र सफलता मनाउँदै

डिसी नेपाल
६ चैत २०७९ १०:२२

काठमाडौँ। के तपाई सम्झना गर्न सक्नुहुन्छ? बिगतका दिनहरू जब SLC को नतिजा हेर्न घन्टाैं लाइन बसेर पत्रिका किन्नु पर्थ्यो।
तर अहिले नतिजा हेर्न होस या अन्य धेरै काम को लागी होस तेस्तो लाईन बस्ने झन्झट गर्नु पर्दैन।

अहिले केहि सेके्न्ड मै नतिजा मोबाईलमा एसएमएस मार्फत हेर्न सक्ने सम्भव भएको छ। यो सम्भावनाको शुरूवात गर्ने संस्था हो, स्प्यारो एसएमएस।

स्प्यारो एसएमएसले एसएमएस रिजल्ट सिस्टम मात्र नभई अन्य थुप्रै नवीन एसएमएस सेवाहरू सञ्चालन गर्दै आएको छ जसले हाम्रो दैनिकि निकै सहज बनाउन मद्दत गरेको छ भने व्यवसायलाई पनि आफ्नो प्रचार प्रवद्धनमा मद्दत पुगेको छ।

स्प्यारो एसएमएस, नेपालको अग्रणी एसएमएस प्रदायक कम्पनीले आज मार्च २० तारिख आफ्नो १३ औं वार्षिकोत्सव मनाउँदैछ। जानकी टेक्नोलोजी प्रालि द्वारा २०१० मा स्थापित गरिएको, स्प्यारो एसएमएस तब देखि एसएमएस को पर्यायवाची शब्द बनेको छ र यसलाई “पावर अफ टेक्स्ट” भनेर व्यापक रूपमा पनि चिनिन्छ।

कम्पनीको लक्ष्य आम जनता र व्यवसायीहरूलाई आफ्ना उत्पादन र सेवाहरू सञ्चार तथा प्रचार गर्न एसएमएस सेवाहरू प्रदान गर्न मात्र नभएर अति सम्वेदनशिल सन्देश जस्तै OTP कारोबार विवरण पनि सुरक्षित र अति सिघ्र माध्यबाट एसएमएस पठाउनु हो।

वर्षौंको दौरानमा, स्प्यारो एसएमएसले बुल्क एसएमएस तथा अन्य एसएमएस सेवाहरूमा आफूलाई विश्वसनीय नामको रूपमा स्थापित गरेको छ। कम्पनीले एसएमएस बाहेक आफ्नो व्यवसाय विस्तार गर्न रुकुटेन भाइवरसँग साझेदारी गरेको छ र अब नेपाली व्यवसायहरूलाई Viber Business Messaging प्रदान गर्दे आएको छ, जसले अन्य देशहरूमा व्यवसाय प्रवर्द्धन गर्न प्रभावकारी र किफायती माध्यम साबित भईसकेको छ। स्प्यारो एसएमएसले Voice Broadcasting तथा Miss call marketing सेवा पनि प्रदान गर्दै आएको छ, जसले व्यवसाय प्रवद्धनको प्रमुख सेवाहरू हुन्।

स्प्यारो एसएमएसले सधैं विश्व-स्तरीय सर्भरहरू, डाटा गोपनीयता, र किफायतीता कायम राखेको छ। सन् २०२२ मा, जानकी टेक्नोलोजीलाई ICT क्षेत्रमा नवीन अभ्यासहरूका लागि Awards of Excellence for Innovation in the emerging sectors of the province – ICT 2022 अवार्डले सम्मानित गरिएको थियो। स्प्यारो एसएमएसले Make in Nepal स्वदेशीसंग पनि सहकार्य गर्दै आएको छ, जसले स्वदेशमा उत्पादित वस्तु तथा सेवाहरूलाई सशक्तिकरण र प्रवद्धन गर्ने नाराका साथ काम गरिरहेको छ।

१३ औं वार्षिकोत्सवको अवसरमा स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाज्युले कम्पनीका अमूल्य ग्राहक तथा साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्नु भएका छन् । उनले भने, “यो विगत १३ वर्षमा अविश्वसनीय यात्रा भएको छ, र हामीले हाम्रा ग्राहक र साझेदारहरूको सहयोग बिना यो गर्न सक्ने थिएनौं। हाम्रो लक्ष्य सधैं व्यवसाय र व्यक्तिहरूलाई समान रूपमा उत्कृष्ट एसएमएस सेवाहरू उपलब्ध गराउनु रहेको छ, र हामी त्यो लक्ष्य हासिल गर्न सफल भएका छौं भन्न पाउँदा गर्व छाैं ।” उनले स्प्यारो एसएमएस ले नेपालको सबैभन्दा ठूलो व्यवसायको सञ्चार माध्यम बन्ने लक्ष्य राखेको बताए ।

स्प्यारो एसएमएस नवप्रवर्तन र उत्कृष्टताप्रति आफ्नो प्रतिबद्धता जारी राख्न र सेवाहरूको क्षितिज विस्तार गर्न प्रतिबद्ध छ।
स्प्यारो एसएमएसले आफ्ना विद्यमान र नयाँ ग्राहकहरु र शुभचिन्तकहरु संग १३औं स्प्यारो डे मनाउनको लागि सीमित अवधिका लागि विभिन्न अफरहरु ल्याएको छ, जसलाई http://bit.ly/3LsmUyk मा हेर्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *