गर्मीमा चम्किलो अनुहार चाहनुहुन्छ? यी कुरामा ध्यान दिनुहोस्

डिसी नेपाल
६ चैत २०७९ १२:१६

काठमाडौं । गर्मी मौसम नजिकिँदै गर्दा छालासम्बन्धी समस्या पनि देखा पर्न थाल्छ। वास्तवमा, हामी सबैले जाडो मौसममा चर्को घामबाट राहत पाउँछौं। तर गर्मीको मौसम सुरु हुनासाथ हाम्रो शरीरमा पानीको कमी हुन थाल्छ । अनुहारमा पिम्पल र एक्नेको समस्याहरु देखिन थाल्छ। जसका कारण अनुहार निकै कुरुप र अनौठो देखिन थाल्छ । यो समस्याबाट छुटकारा पाउन मानिसहरु पार्लरमा गएर हजारौं रुपियाँ खर्च गर्छन् तर कहिले पनि यस समस्याबाट मुक्ति मिल्दैन ।

आज हामी तपाईलाई केहि यस्ता टिप्सहरु बताउनेछौं । जसलाई अपनाएमा तपाईले यी समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो दैनिकीमा केही परिवर्तन गर्नुपर्छ । त्यसपछि गर्मीमा पनि तपाईको छाला निकै चम्किलो देखिनेछ ।

वास्तवमा गर्मीको मौसममा आफ्नो अनुहारको हेरचाह गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। आउनुहोस् गर्मी मौसममा अनुहारको हेरचाह कसरी गर्ने भन्नेबारेमा बताउँनेछौं ।

जाडोको फेसवाशलाई अलविदा भन्नुहोस् – जाडो मौसममा मानिसले जुन फेसवाश प्रयोग गर्छन्, गर्मीमा त्यही फेसवाश अनुहारमा लगाउने गर्दछौं । जबकि यो गर्नु हुँदैन। मौसम परिवर्तनसँगै, तपाईंले सबैभन्दा पहिले आफ्नो अनुहार धुने फेसवास पनि परिवर्तन गर्नु पर्दट। गर्मीमा ती उत्पादनहरू प्रयोग गर्नुपर्छ, जसको प्रयोगले छालाको छिद्रहरू सजिलै सफा गर्न सकियोस् ।

सनस्क्रिन लगाउन नबिर्सनुहोस्– गर्मीमा अनुहारमा सनस्क्रिन लगाउन कहिल्यै पनि नबिर्सनुहोस्। यसलाई एक दिनमा लगभग तीन पटकसम्म प्रयोग गर्न सक्नुहुन्छ । घरबाट बाहिर निस्कँदा सधैं सनस्क्रिन लगाउनुहोस्। अनुहारसँगै हात र घाँटीमा पनि सनस्क्रिन लगाउनुपर्छ । सनस्क्रिन लगाउँदा अनुहार सफा होस् भन्ने कुरामा ध्यान दिनुहोस्।

बारम्बार अनुहार धुनुहोस् – अनुहारमा प्रदूषणको प्रभाव नपरोस् भन्ने चाहनुहुन्छ भने कहि बाहिर गएर आएपछि तुरुन्तै अनुहार धुनुहोस् । यसो गर्दा पिम्पलको संक्रमण हुने छैन।

बढीभन्दा बढी पानी पिउनुहोस् – गर्मी मौसममा सकेसम्म धेरै पानी पिउनुपर्छ । यसका साथै शरीरलाई हाइड्रेटेड राख्ने फलफूलको सेवन गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईको शरीरमा पानीको कमी हुनेछैन भने छालासँग सम्बन्धित समस्या पनि कम हुनेछन् ।

यसका साथै तपाईले नियमित रुपले अनुहारको हेरचाहसँग सम्बन्धित केही फेश प्याकहरु जुन सजिलै घरमा बनाउन सकिन्छ ती घरेलू प्याकको साथै अनुहारको सफाई, टोनिंग र मोइश्चराइजिंग पनि गर्न सक्नुहुन्छ । तरभुज, काक्रो, स्ट्रोबेरी र आलूको प्रयोगले घर बसेरै फेशियल गर्न सकिन्छ । यि सबै सामानको प्रयोगले तपाईँको अनुहारमा ताजगीको अनुभव हुनुका साथै छालालाई स्वस्थ राख्ने काम गर्छ । यसले गर्मीको मौसममा छालालाई शितलता प्रदान पनि गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *