कपाल छिटो बढाउनका लागि यो तेलले दैनिक मालिस गर्नुहोस्

डिसी नेपाल
६ चैत २०७९ १२:४७

काठमाडौं । कहिले काहि कपालको समस्याले हैरान बनाउने गर्दछ । आफ्नो भन्दा अरुको कपाल लामो र सुन्दर देख्दा मन पोल्ने समेत गर्दछ । तपाईको कपाल के कारणले बढी रहेको छैन ? के कारणले कपाल झर्ने गर्दछ यो समस्या समाधान गर्नुभएन भने अत्याधिक कपाल झर्नुले तालुपना समेत निम्त्याउन सक्छ ।

कपाल झर्ने धेरै कारकहरू छन् जसले कपाल झर्ने गर्दछ । आनुवंशिकी, हार्मोनल समस्याहरू, फंगल संक्रमणहरू, तनाव र पोषणको कमी धेरै कारण हुने गर्दछ। आज हामी तपाईलाई कपालको पुनरुत्थानका लागि केही उत्तम तेलहरूको बारेमा बताउने छौं । जसको प्रयोग गरेर तपाईं यी समस्याहरूसँग लड्न सक्नुहुन्छ।

कपाल बढाउन र स्वस्थ कपालका लागि यी तेल भन्दा राम्रो उपाय के हुन सक्छ र ? यी तेलले कपाल झर्नबाट रोक्नुका साथै कपाल वृद्धिमा समेत सहयोग गर्ने गर्दछ ।

कपालको वृद्धि बढाउन प्राकृतिक तेलः

कास्टर तेलः फ्याटी एसिड, लिनोलेनिक एसिड र ओलिक एसिडको साथसाथै भिटामिन ई र खनिजहरूले भरपूर स्रोत हो क्यास्टर तेल । यसलेले सुख्खा कपाल हुनबाट रोक्न र छिटो र बाक्लो कपालको वृद्धिलाई बढावा दिन चमत्कार गर्न सक्छ। यसमा एन्टी–इन्फ्लेमेटरी र एन्टिब्याक्टेरियल गुणहरू रहेको हुन्छ । जसलेसँगै सुख्खा, फ्ल्याकी र अन्य टाउको समस्याहरूको सामना गर्दछ।यसालाई कपालमा लगाउनु अघि मनतातो बनाएर लगाउनु पर्दछ । यसका साथै यो कपाल धुनु भन्दा २ घण्टा अगाडी लगाउनु पर्दछ ।

जैतुनको तेलः जैतुनको तेलमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ जसले कपाललाई जोगाउन र मोस्चराइज गर्न मद्दत गर्छ। साथै यसले कपाल झर्ने हर्मोन डाइहाइड्रोटेस्टोस्टेरोनको उत्पादनलाई कम गर्छ। यसको नियमित प्रयोगले कपाललाई गर्मीबाट हुने क्षतिबाट बचाउँछ। टाउकोको मसाज गर्न मनतातो जैतुनको तेल प्रयोग गर्नुहोस्।

रोजमेरी तेलः यो तेलले कपालको वृद्धिलाई बढावा दिन र कपाल झर्नबाट रोक्ने काम गर्दछ । तेलमा पाइने अत्यावश्यक तत्वले कपालको फोलिकल्सलाई मर्नबाट रोक्छ। यसका साथै यसले समयभन्दा पहिले कपाल झर्नबाट रोक्छ र कपाललाई चाँडो सेतो हुनबाट रोक्नका साथै कपालको फोलिकल्सलाई पोषण दिन्छ। यसमा एन्टिमाइक्रोबियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ जसले कपाल झर्नबाट बचाउँछ।

थाइमको तेलः थाइममा पाइने एन्टिअक्सिडेन्ट र फ्लेभोनोइड्सले डन्ड्रफ, चिलाउने र टाउकोको इन्फेक्सनबाट बचाउँछ। यसबाहेक यसले कपाललाई स्वस्थ राख्छ र कपालको वृद्धिलाई बढावा दिन्छ। तेलको केही थोपा कपाल र टाउकोमा लगाउनुहोस्।

नरिवल तेलः नरिवलको तेल कपालको रक्षक हो। यो एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणहरूमा धनी छ र तपाईंको कपालको सबै समस्याहरू निको पार्न अद्भुत काम गर्दछ। यसले तपाईंको कपाललाई उत्तम पोषण दिन्छ र तपाईंको टाउको र कपाललाई गहिरो रूपमा हाइड्रेट गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *