वर्षौंको तिक्ततापछि साउदी अरेबियाले इरानका राष्ट्रपतिलाई निम्तो दियो

डिसी नेपाल
६ चैत २०७९ १३:०१
40
Shares

काठमाडौं । साउदी अरबले इरानका राष्ट्रपति इब्राहिम रायसीलाई निम्तो दिएको छ । करिब दश दिनअघि दुवै प्रतिद्वन्द्वीले कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमति जनाएका थिए ।

साउदी अरेबियाको तर्फबाट अहिलेसम्म केही नबोले पनि राष्ट्रपति रायसीले साउदी अरेबियाको निमन्त्रणालाई स्वागत गरेको इरानी अधिकारीहरूले बताएका छन्।

२०१६ मा साउदी अरबमा एक शिया धर्मगुरुलाई फाँसी दिएपछि, इरानी प्रदर्शनकारीहरू साउदी अरबको दूतावासमा प्रवेश गरे, त्यसपछि साउदीले इरानसँग सम्बन्ध तोड्यो।

अब फेरि दुवै देशले दूतावास खोल्ने सहमति गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *